+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

१६५ भारतीय यात्रु बोकेर दिल्ली उड्यो एयर इण्डिया

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १५:४३

७ जेठ, काठमाडौं । भारतले आज नेपालमा रहेका आफ्ना नागरिकलाई हवाई सेवामार्फत् उद्धार गरेको छ । लामो लकडाउन र व्यवसायिक उडानमाथिको प्रतिबन्धपछि नेपालमा अडि्कएका नागरिकलाई लिन एयर इन्डियाको जहाज काठमाडौं आएको हो।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार बिहान एक नाबालकसहित एक सय ६५ जना यात्रु लिएर एयर इन्डियाको जहाज उडेको हो । नेपालमा रहेका धेरैजसो मजदुर सडक मार्गबाटै भारत फर्किसकेका छन् ।

दूतावास तथा विभिन्न मिसनमा कार्यरत कर्मचारी, व्यापारीलगायत नेपालमा अडि्कएका अन्य व्यक्तिलाई भने भारतले जहाजमा फिर्ता लगेको छ । लकडाउन प्रारम्भ भएसँगै नेपालबाट करिब ५ हजार मानिस स्वदेश फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?