+
+

कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल

शंकर गिरी शंकर गिरी
२०७७ जेठ ७ गते १६:५३

७ जेठ, काठमाडौं । कोरोना संक्रमित भेटिएपछि काठमाडौंको मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोरोना संक्रमण पुष्टि भएका रामेछापका व्यक्ति बसोबास गर्ने भएकाले मैतीदेवी क्षेत्र सिल गरिएको हो ।

सडकमा डोरी टाँगेर कोरोना प्रभावित क्षेत्र लेखी त्यहाँभित्र जान र आउन प्रतिबन्ध गरिएको छ । त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

मैतीदेवी क्षेत्रमा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलनको काम भइरहेको छ ।

खाँडादेवी गाउँपालिका–१ का उनी वैशाख ३० गते काठमाडौं आएका थिए, उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

परिवारका ८ जना र नजिकको सम्पर्कमा आएका ७ जनाको थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?