+
+

भरतपुर महानगरपालिकालाई एनआरएनको स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १७:३४

११ जेठ, चितवन । गैरआवासीय नेपाली संघ समन्वय समितिले भरतपुर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

लामो समयदेखि बेल्जियम तथा अन्य देशमा व्यवसाय गर्दै आएका एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव राजेन्द्रकुमार शर्मा, गौरी जोशी तथा सह–कोषाध्यक्ष लोक दाहालको समन्वयमा प्राप्त स्वास्थ्य सामग्री महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीमा एक सय थान पीपीई सेट, पाँच सय थान एन–९५ मास्क र २५ पिस थर्मल गर्न छन् । यी सबै सामग्री आइतबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण हस्तान्तरण गरियो ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै महानगर प्रमुख रेनु दाहालले संकटको घडीमा प्रवासमा बसेर पनि भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा धन्यवाद दिइन् ।

प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा निकायका साथै फोहोरमैला व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई प्रदान गरिने नगर प्रमुख दाहालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?