+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जसले बजाएको मंगल धुन चल्छ, उसैले छोएको पानी किन चल्दैन ?

मिनेन्द्र अगुवा ( लिम्बू ) मिनेन्द्र अगुवा ( लिम्बू )
२०७७ जेठ ११ गते १५:४५

लोकतन्त्रमा फुलहरु फुल्छ्न कि झर्छन् ?
गणतन्त्रको आकाशमा अझै कालो बादल किन ?
सामान्तवादको अवसान हुँदैछ कि उदय ?
यहां ‘दलित’ले बजाएको मङ्गल धुन चल्छ
गणतन्त्रको याममा पनि किन छोएको पानी चल्दैन ?

प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको हवाला दिनेहरू
दलाल पूँजीपति,सामन्तबादको बिरुद्ध आगो ओकल्नेहरु
‘सामन्ती’ राजा फालेर उदाएका महाराजाहरु
कुल्चिदै लावालस्करसंग सवारी भइरहँदा

उदास भई जनताहरु रमिता हेर्दैछन् ।

मिनेन्द्र अगुवा ( लिम्बू )

सामान्तवादको भूतले पछ्याउन नछोडेको देख्दा
जनताहरुको ओठ बर्बराउन खोज्दैछ
निमुखाको आँखा तिर्मिराउन खोज्दैछ
चार वर्ण छत्तिस जातीको फूलबारी हो भने,
यो माटोमा मखमली र गुराँस संगै फुल्नु पर्छ।

कोइलीले किन कागको भाकामा गीत गाउनै पर्छ र ?
नाच्ने र गाउने आफ्नै मौलिक भाषा संस्कृति हुन्छ
पालाम र तामाङ्सेलो गाउँनेले संस्कृतमा भजन गाउँदिन भन्न पाउनु पर्छ
बर्गिय मुक्ति देख्नेले लिङ्गीय,जातीय उत्पिडन देख्नु पर्छ
अक्करे भीरमै पनि फुल्ने लालीगुरांस जस्तै,
युगौं देखिका पीडाहरु भुलेर हांस्ने मन छ।

मेरा पूर्खाले आवादी बनाएका खोरियाहरुमा
मेरो बुबाले सम्याएका खेतबारीहरुमा
सपनाहरु रोपेर फुलाउने मेरो पनि रहर छ
मेरा पूर्खाले फांडेका खोरियाबारीमा
मेरो बुबाको पसिनाले सिंचित खेतबारीहरुमा
अरुले गोरु नारेर जोतेको म कसरी हेरुं ?

आमाले तोरीबारी गोड्दा गोड्दै म जन्मिएको तोरीबारी
मेरा पूर्खाहरु खेलेको आंगन र फुलबारी
मेरा पुर्खाको निशानी भनेर राख्न पाउने कि नपाउने ?
भूमिपुत्र पूर्खाहरुको एक बित्ता चिहान,चौतारी राख्न पाउने कि नपाउने ?
लोकतन्त्र र गणतन्त्रमा फुलहरु फुल्छ्न कि झर्छन् ?
म उभिएको धरातलमा मेरो अस्तित खोइ कहाँ छ ?
लोकतन्त्र र गणतन्त्रको फुलबारीमा म कहाँ छु ?
राजाबिनाको गणतन्त्रमा न्याय र अस्तित्व खोजिरहेछु।

रचना मिति २०७५/९/९
मालेपाटन ,पोखरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?