+
+

रुसमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १७:४८

१३ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । रुसले मंगलबार दिएको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको हो । यससँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ ।

त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ हजार ९१५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ६२ हजार ३४२ पुगेको छ । संक्रमित संख्याको हिसाबमा रुस अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

स्रोत : रोयटस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?