Comments Add Comment

डर्टमण्डलाई हराउँदै बायर्नले बनायो ७ अंकको अग्रता

१४ जेठ, काठमाडौं। बायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई पराजित गर्दै जर्मन बुण्डेसलिगामा ७ अंकको अग्रता बनाएको छ । मंगलबार भएको खेलमा बायर्नले डर्टमण्डलाई उसैको मैदानमा १-० ले पराजित गरेको हो ।

डेर क्लासिकर अर्थात जर्मन क्लासिको नामले परिचित यस खेलमा बायर्नलाई जित दलाउन ४३औं मिनेटमा जोसुअ किम्मिकले गोल गरे ।

बायर्नका रोवर्ट लेवान्डोस्की र डर्टमण्डका एर्लिन हल्याण्ड खेलअघि चर्चाको केन्द्रविन्द्रमा रहेपनि दुवै खेलाडीले गोल गर्न सकेनन् ।

जितपछि २८ खेलबाट ६४ क जोड्दै बायर्नले डर्टमण्डसँग अंकदूरी फरकिलो बनाएको छ साथी उपाधि होडलाई पनि अझ बलियो बनाएको छ । समान खेलबाट ५७ अंक रहेको डर्टमण्ड दोस्रोमा छ ।

डर्टमण्ड हारेको फाइदा बायर लेभरकुजन र बोरुसिया मोन्चेनग्लाडबाकले भने लिन सकेन । चौथो स्थानको लेभरकुजनल वोल्फ्सबर्गसँग ४-१ ले पराजित हुँदै पाँचौमा झरेको छ । पाँचौमा रहेको ग्लाडबाकले भने वेडर ब्रेमनसँग गोलरहित बराबरी खेल्दै एक स्थान सुधार गरेको छ ।

दुवैको २८ खेलबाट समान ५३ अंक रहे पनि ग्लाडबाक गोलअन्तरमा अघि छ । एक खेल कम खेलेको आरबी लाइपजित ५४ अंकसहित तेस्रोमा छ । आज हुने खेलमा हेर्था बर्लिनलाई पराजित गर्न सके लाइपजिगले डर्टमण्डसँग अंक बराबरी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment