+
+

चीनमा ६ जना कोरोना संक्रमित फेला परे, पाँच जनामा छैन लक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते ६:०९
फाइल तस्वीर

२६ जेठ, काठमाडौं । चीनमा विगत २४ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमित फेला परेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट यात्रा गरेर हाइनान प्रान्तमा आएका ६ जनामा कोरोना संक्रमण देखिएको हो । नेशनल हेल्थ अमिसनका अनुसार पाँच जना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन ।

यसको एक दिन अगाडि चीनमा तीन जना कोरोना संक्रमित फेला परेका थिए ।

जोन्स हप्किन्स विश्वविद्यालयको वेबसाइटमा राखिएको तथ्यांकअनुसार चीनमा ८४ हजार भन्दा बढी संक्रमित छन् भने हालसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमण सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?