+
+

सन्धिखर्कका उपप्रमुखमा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १५:१७

२६ जेठ, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुरकुमार विकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अनलाइखबरसँग कुरा गर्दै उपप्रमुख विकले आफूमा कोरोना संक्रमण पुष्टि भएको बताए । ‘जनताको सेवामा लाग्दालाग्दै संक्रमित भएछु । संक्रमण पुष्टि भएसँगै घरमै आराम गरेर बसेको छु,’ उनले भने, ‘आत्मबल बलियो बनाएर बसेको छु । तातोपानी र जडीबुटी खाएर कोरोनालाई जित्छु । अहिले मेरो स्वास्थ्य सामान्य छ, निको भएर जनताको सेवामा फेरि लाग्छु ।’

‘भारतको गुजरातमा मजदुरी गरेर घर फर्कने क्रममा जेठ १० गते बाटोमै भूमिकास्थान नगरपालिका–९ चरेपानीका एक युवकको मृत्यु भएको थियो । म पनि उनको शव व्यवस्थापनमा खटिएको थिएँ,’ उनले भने, ‘मृतक युवक आएकै बसमा सन्धिखर्कका अन्य स्थानीयहरू पनि आएका थिए । गुजरातबाट दुई वटा बसमा सँगसँगै आएका गाउँलेलाई क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा पनि म सक्रिय थिएँ । त्यही क्रममा आफू पनि संक्रमित भएँ कि जस्तो अहिले लाग्छ ।’

उपप्रमुखसहित सन्धिखर्क नगरपालिकाका सोमबार २९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, शीतगंगा नगरपालिका र पाणिनी गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?