+
+

दुई पाङ्ग्रे सवारीलाई जोर-बिजोर लागु हुन्छ कि हुँदैन ?

पास भएका सवारीसाधनलाई जोरबिजोर लागु नहुने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते १०:५२
तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

३० जेठ, काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै निजी सवारीसाधानलाई जोर बिजोरका आधारमा सञ्चालन गर्न दिएको छ । तर मोटरसाइकललगायतका दुई पाङ्ग्रे सवारीको हकमा जोरबिजोर लागु हुने कि नहुने भन्ने अन्यौल देखिएको छ ।

जसले गर्दा शुक्रबार उपत्यकाका सडकमा जोरबिजोर दुवै नम्बर प्लेटका दुई पाङ्ग्रे सवारी देखिएका छन्। तीमध्ये दुई सय बढीलाई ट्राफिक प्रहरीले कारबाही पनि गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयमा स्पष्ट व्याख्या नहुँदा मोटरसाइकलबारे अन्यौलता देखिएको अधिकृतहरू बताउँछन् । सरकारले साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेको छ।

साथै, चालकबाहेक थप दुई जनासम्म सवार हुने गरी जोर बिजोरका आधारमा निजी सवारीसाधन चलाउन दिने भनेको छ ।

‘साइकल र मोटरसाइकल चालक मात्र रहने गरी चलाउन दिने भनेपछि जोरबिजोर लागु नहुने हो कि भन्ने बुझाइ देखियो’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘हामीले व्यावहारिक कुरा प्रमुख जिल्ला अधिकारीज्यूसँग पनि राखिसकेका छौं, यसबारे छलफल हुन्छ ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि हाललाई सबै निजी सवारीसाधन जोरबिजोरका आधारमा चल्ने बुझ्नुपर्ने अनलाइनखबरलाई बताए । उनले भने, ‘तर छिट्टै कार्यविधि नै जारी गरेर हामी व्यावहारिक समस्या हल गर्छौं ।’

उनका अनुसार सवारी पास लिएका व्यक्तिको हकमा जोरबिजोरको नियम लागु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?