+
+

मोटरसाइकलमा पनि जोर–बिजोर लागु हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते ८:१०

१ असार, काठमाडौं । अब मोटरसाइकल र स्कुटरमा पनि जोर-बिजोर प्रणाली लागु हुने भएको छ ।

सरकारको निर्णयमा साइकल र मोटरसाइकल चालकमात्र रहनेगरी चलाउन दिने भनेपछि जोरबिजोर लागु नहुने हो कि भन्ने बुझाइ देखिएकाे थियाे । तर पुन: ट्राफिक प्रहरीलाई जोर-बिजोर लागु गर्नभन्दै परिपत्र भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले अनलाइनखबरसँग भने, ‘हामीलाई स्पष्ट निर्देशन आइसकेको छ, अब मोटरसाइकल र स्कुटरमा पनि जोर-बिजोर प्रणाली लागु हुन्छ ।’

दुई पाङ्ग्रे सवारीमा एक जना मात्रै हिँड्न मिल्ने नियम पनि यथावत नै रहेको उनले बताए । यसअघि सरकारले लकडाउनलाई खुकुलो बनाउँदै ३० जेठबाट जोर-बिजोर प्रणाली लागु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?