+
+

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्मानपूर्वक अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते ११:४३

५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्त्येष्टि पीडादायी हुन्छ । मृत्युपछि अन्त्येष्टिका लागि घाटमा लैजान खोज्दा स्थानीयले विरोध समेत सामना गर्नु परेका घटना छन् ।

तर कैलालीकी कोरोना सङक्रमित महिलाको भने सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ ।

लम्कीचुहा २ की ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । बिहीबार नेपाली सेनाको टोलीले बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा उनको शव व्यवस्थापन गरेको छ ।

‘अन्यत्र दर्दनाक तरिकाले शव व्यवस्थापन गरेको देखिन्छ । त्यसैले यहाँ सम्मानपूर्वक व्यवस्थापन गर्न खोजेका हौं’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

तस्वीरः मेनका चौधरी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?