+

यस्तो अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुरा

२०७७ असार  ८ गते १४:०६ २०७७ असार ८ गते १४:०६
यस्तो अवस्थामा पनि रहन सक्छ गर्भ, ख्याल राख्नुपर्ने कुरा

धेरैजसो महिलाको मासिक स्रावको चक्र २८ दिनको हुन्छ । २८ दिनको हाराहारीमा मासिक स्राव हुन्छ । यसमा ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन प्रक्रिया २८ दिनको मासिक चक्रका बीच १४ औं दिनमा सुरु हुन्छ । यसमा पहिलो दिन २४ घण्टासम्म अण्ड जीवित रहन्छ । त्यसैगरी स्पर्म ५ देखि ७ दिनसम्म जीवित रहन सक्छ । यस प्रक्रियाको हिसाबअनुसार ओभ्युलेसन प्रक्रिया सबैभन्दा बढी सक्रिय १३ औं, १४ औं, १५ औं र १६ औं दिनको हुन्छ।

धेरैजसो महिलालाई लाग्छ कि मासिक स्राव भएको बखत यौन सम्पर्क राख्नु सुरक्षित हुन्छ। कन्डम वा यस्तो कुनै पनि सुरक्षात्मक विधि नअपनाए पनि गर्भ रहँदैन । तर के यो सही होला ?

मासिक स्रावको क्रममा गर्भ रहँदैन भन्ने जुन धारणा छ, त्यो आफैँमा सही छैन । कुनै सुरक्षा नअपनाई गरिने यौन सम्पर्कले गर्भ रहने खतरा रहन्छ, मासिक स्रावकै बेला पनि । यद्यपि यस्तो सम्भावना भने न्युन मात्रामा हुन्छ । स्त्री रोग तथा प्रसूति विशेषज्ञहरूका अनुसार मासिक स्रावको बेला गरिने यौन सम्पर्कका कारण एकदेखि १५ प्रतिशतसम्म गर्भ रहने सम्भावना हुन्छ ।

यस्तो हुन्छ प्रक्रिया

यस कुरालाई यसरी बुझ्न सकिन्छ । अण्डाशयबाट अण्डा निस्कने प्रक्रियालाई ओभ्युलेसन अर्थात् डिम्बोत्सर्जन भनिन्छ । डिम्बवही नली हुँदै अन्ड युट्रेस अर्थात् गर्भाशयमा पुग्छ । डिम्बवही नली त्यही स्थान हो, जहाँ स्पर्मको सम्पर्कमा आएर अन्ड फर्टिलाइज हुन्छ । यदि गर्भधारण भएन भने अण्ड रक्तस्रावको रुपमा शरीरबाट बाहिर निस्कन्छ । जसलाई पिरियड वा मासिक स्राव भनिन्छ ।

छोटो मासिक चक्र भएका महिलाहरूले ख्याल राख्नुपर्ने कुरा

क्हिले काही मासिक स्रावको चक्र छोटो हुन्छ । यदि यो ग्याप २२ दिन भन्दा कम भएमा मासिक स्राव लगत्तै ओभ्युलेशन हुन्छ । यो ग्याप केवल तीन वा चार दिनको हुन सक्छ । यसको अर्थ मासिक स्राव भएको अन्तिम दिन वा पाँचौं दिन यदि तपाईं विनासुरक्षा विधिविना नै यौन सम्पर्क राख्नुहुन्छ भने गर्भ रहने सम्भावना हुन्छ

मसिक स्रावको बेला यौन सम्पर्क गर्नु परेमा

एक सर्वेक्षणका अनुसार मासिक श्रावको बेला पुरुषहरूले कण्डम प्रयोग गर्न चाहँदैनन् वा रुचाउँदैनन् । यस्तो अवस्थामा दुवैलाई केही किसिमको संक्रमण हुने भय रहन्छ। त्यसैले यस क्रममा यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नु उचित र सुरक्षित हुन्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०

फिचर

सनस्क्रिन किन लगाउने ?

सनस्क्रिन किन लगाउने ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

स्लीप स्टडी टेस्ट किन गरिन्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

नेपालीले कुन सप्लिमेन्ट खानैपर्छ ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

घाँटी दुख्दा किन एन्टिबायोटिक खाइहाल्नु हुँदैन ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

कसरी आउँछ ज्वरो, पानीपट्टी कस्तो अवस्थामा लगाउने ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?