Comments Add Comment

कृष्ण, बुद्ध, अस्मिता र समीक्षाको ‘मैले बोलेको छैन ढाँटेर’ सार्वजनिक

अर्जुन पोखरेलको शब्द तथा संगीतमा ‘मैले बोलेको छैन ढाँटेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा कृष्ण काफ्ले, बुद्ध लामा, अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर छ ।

भिडियोमा पनि यी चार जना गायक-गायिकाको मोडलिङ छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । रोमान्टिक प्रेम कथामा यो भिडियो तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment