+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

भारतमा कोरोनाबाट एकैदिन ४६५ जनाको मृत्यु, करिब १६ हजार नयाँ संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते १३:४२

१० असार, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४६५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १४ हजार ४७६ पुगेको छ ।

भारतमा संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेका छन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३९ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ५३१ जनाको मृत्यु भइसको छ ।

दिल्लीमा ६६ हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३०१ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८३३ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा करिब १९ हजार संक्रमित फेला परेका छन् भने ५८८ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ५८ हजार ६८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?