+
+

प्रतिपक्षीको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

रासस रासस
२०७७ असार १० गते १४:२०

१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यहरुले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए ।

सभामुखको आग्रहपछि पनि प्रतिपक्षी सदस्यहरु आफ्नो आसनमा नबसेपछि एक जनालाई आफ्नो भनाइ राख्न अनुमति दिएका थिए । त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले क्वारेन्टाइनमा बसेका नागरिकलाई बिना स्वास्थ्य जाँच घर पठाउने कार्य भइरहेको, उनीहरुको पीसीआर जाँच नहुँदा संक्रमणको थप जोखिम बढेको क्वारेन्टिनको अवस्था लथालिङ्ग भई जनता त्रसित हुँदापनि प्रदेश सरकार गम्भीर नभएको भन्दै तत्काल पीसीआरबाट स्वास्थ्य जाँचको व्यवस्था गर्न र नागरिकलाई व्यवस्थित क्वारेन्टिनको व्यवस्था गरी रोग नियन्त्रणमा प्रभावकारी काम गर्न माग गरे ।

त्यसपछि पनि प्रतिपक्षी सदस्यहरुले आफ्नो आसनबाट उठेर विरोध गरेका कारण सभामुखले बैठक स्थगन गरिएको जानकारी गराएका थिए । बुधबारको बैठकमा सरकारको आगमी आर्थिक वर्षका लागि ल्याइएको बजेट कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यसूची रहेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?