+

प्रशिक्षक नरकुमार राईकी छोरीको उपचारका लागि ४० हजार सहयोग

२०७७ असार  १० गते १५:१६ २०७७ असार १० गते १५:१६
प्रशिक्षक नरकुमार राईकी छोरीको उपचारका लागि ४० हजार सहयोग

१० असार काठमाडौं । नेपाल स्पेन कोस्टाब्लान्का समाजले एपीएफ क्लबका पूर्वखेलाडी तथा महिला टिमका प्रशिक्षक नरकुमार राईको छोरीको उपचारका लागि ४० हजार नगद सहयोग गरेका छन् ।

कोस्टाब्लान्का समाजका अगुवा तथा एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी अक्कलबहादुर बोहोराको पहलमा संकलन भएको उक्त रकम नेपाल खेलकुद पत्रकार मञ्चमार्फत बुधबार हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष देबेन्द्र सुवेदीले प्रशिक्षक नरकुमार राईलाई बुधवार रकम हस्तान्तर गरेका हुन् ।

उनकी ११ वर्षिया छोरी कसुमी राईलाई ब्लड क्यान्सर रोगले पीडित छिन् र हाल उनी महाराजगञ्जस्थित कान्ति बाल हस्पिटलमा उपचाररत छिन् ।

एपीएफबाट खेल्ने म्याराथन धावक अक्कलबहादुर बोहोराले यसअघि पनि समस्यामा परेका थुप्रै नेपालीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् ।

उनको सहयोगका लागि कोस्टाब्लान्का समाजका सदस्यहरु बोहोरा अलावा बद्री कोइराला, सुरज बानियाँ, सुवास सापकोटा, विपिन बुढाथोकी, शिव नेपाल, दिनेश सापकोटा, नवराज दुवाडी, सन्तोष अर्याल, एकबहादुर भट्ट, प्रकाश तिवारी रहेका छन् ।

प्रशिक्षक राईले सहयोग गर्ने नेपाल स्पेन कोस्टाब्लान्का समाजलाई धन्यवाद दिएका छन् । उनले हालसम्म छोरीको उपचार १४ लाख रुपैयाँ खर्च भइसकेको र पूर्णरुपमा ठीक गर्न अझै रकम अभाव भएको बताएका छन् । उनले आर्थिक अवस्था कमजोर रहेको कारण छोरीको उपचामा सहयोग गरिदिन सबैसमक्ष अपिल गरेका छन् ।

‘नरे दाई’ को नामले चर्चित राई २०६२ सालदेखि २०६८ सालसम्म एपीएफबाट खेलेका हुन् । राइट डिफेन्सबाट खेल्ने राइको पालामा एपिएफले पाँचौ स्थानसम्म उक्लिन सफल भएको थियो ।

खेलाडी जीवनमा सक्रिय छँदै उनले २०६४ सालबाट महिला टिमको प्रशिक्षकको जिम्मेवारी पाएका थिए । २०७३ साल रिटायर्ड हुँदासम्म उनले महिला फुटबलको जिम्मेवारी सम्हाले ।

प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१