+
+

सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १३:२१

बलिउड नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै घरमा झुन्डिएर आत्महत्या गरे । तर, उनको आफन्तले भने उनको हत्या भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले सीबीआइले यो घटनाको छानविन गर्नुपर्ने माग पनि गरेका थिए ।

निधन भएको ११ दिनपछि उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टका अनुसार, उनको निधन झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको देखिन्छ ।

फाइनल पोष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी भएको थियो । रिपोर्ट अनुसार सुशान्तको निधनमा छेडखानी भएको छैन । सुशान्तको निधनपश्चात प्रहरीले २३ जनासँग बयान लिइसकेको छ ।

प्रहरीले सुशान्तको परिवार, साथी, म्यानेजर, टीमका सदस्य, घरमा काम गर्ने स्टाफ, प्रेमिका रिया चक्रवर्तीसँग बयान लिइसकेको छ । यस्तै, प्रहरीले यशराज ब्यानरसँग सुशान्तसँग चलचित्रका लागि भएको संझौताको कपी पनि मागिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?