+
+

काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १६:४०

१६ असार, काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको पत्रकार सम्‍मेलनमा जानकारी दिए ।

काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?