+

इन्टर मिलानको फराकिलो जितमा ६ खेलाडीको गोल

२०७७ असार  १८ गते ७:५३ २०७७ असार १८ गते ७:५३
इन्टर मिलानको फराकिलो जितमा ६ खेलाडीको गोल

१८ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको इन्टर मिलानले ब्रेस्कियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । इन्टरका लागि ६ फरक खेलाडीले गोल गरे ।

घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै एस्ले योङले गोल गर्दै अग्रता दिलाएका थिए । २०औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाटीमा गोल गर्दै अग्रता दोब्बर पारे । ड्यानिलो डि एम्ब्रेसिओले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै इन्टरलाई ३-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि इन्टरले तीन गोल नै गर्‍यो । रोवर्टो गाग्लिएर्डिनीले ५२औं, क्रिस्टियन एरिक्सनले ८३औं र एन्टोनिओ कान्ड्रेभाले ८८औं मिनेटमा गोल गरे ।

जितपछि इन्टरले २९ खेलबाट ६४ अंक जोडेको छ । इन्टर अझै शीर्ष स्थानको युभेन्ट्स भन्दा ८ अंकले पछि छ ।

एसी मिलान भने एसपिएसलसंग २-२ को बराबरीमा रोकिएको छ ।

इटालियन सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय