+
+

इन्स्टाग्राममा प्रियंकाका १० लाख फलोअर्स

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २१ गते ११:१८

प्रियंका कार्की सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने पहिलो नायिका बनेकी छन् । इन्स्टाग्राममा सक्रिय नायिकालाई फलो गर्नेको संख्या १० लाख पुग्दै गर्दा उनले भने ८६५ जनालाई मात्र फलो गरेकी छन् ।

नेपाली चलचित्रका नायिकाहरू इन्स्टाग्राममा निक्कै सक्रिय छन् । प्रियंकापछि इन्स्टामा सर्वाधिक फलोअर्स कमाउने नायिकामा अदिती बुढाथोकी पर्छिन् । उनलाई पनि करिब १० लाखले फलो गरेका छन् ।

१० लाख फलोअर्स पुगेपछि नायिका कार्कीले खुसी व्यक्त गर्दै फलोअर्सलाई धन्यवाद दिएकी छन् । नायिका कार्कीले अहिले आफ्नै युट्युब च्यानलमार्फत विभिन्न परिकार पकाउन सिकाइरहेकी छन् ।

प्रियंकाले इन्स्टाग्राममा पोस्ट गरेका तस्वीहरूले मिडियामा पनि खुबै चर्चा पाउँछन् । केही तस्वीरले उनलाई विवादमा पनि ल्याएका थिए । तर पनि प्रियंकाले आफ्ना कुराहरू सेयर गर्न, फ्यानसँग जोडिन र उनीहरूको प्रश्नको जवाफ दिन इन्स्टालाई भरपुर प्रयोग गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?