+
+

१०० वर्षपछि मेलबर्न र सिड्नीको सीमा बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १४:३०

तास्मानिया । करिब एकसय वर्षपछि अस्ट्रेलियाका दुई घना जनसंख्या भएका राज्यहरू भिक्टोरिया र न्यु साउथ वेल्सको सीमामा आवातवाजत बन्द गरिने भएको छ ।

पछिल्लो समयमा भिक्टोरिया राज्यमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्यामा भएको वृद्धिसँगै यही बुधबारबाट लागु हुने गरी दुई राज्यका बीचमा आवातजावत बन्द गरिने भएको हो । सन् १९१९ मा स्पेनिस फ्लुका कारण यी दुई राज्यहरूबीच सीमा बन्द भएको थियो ।

सोमबार मात्रै भिक्टोरियामा १२७ जनामा संक्रमण देखिएको थियो, जुन महामारी सुरु भएयता एकै दिनमा देखिएको संक्रमितहरूको संख्यामध्ये सबैभन्दा धेरै हो ।

भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रुजका अनुसार न्यु साउथ वेल्सका प्रिमियर ग्लेडिज बेरेजिकलियान र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनबीचको छलफलपश्चात सीमा बन्द गर्ने निर्णय भएको हो ।

‘सीमा बन्द कोरोना भाइरसको संक्रमण एक राज्यबाट अर्को राज्यमा नफैलियोस भनेर अपनाइएको सावधानीका उपायहरूमध्येको एक हो,’ भिक्टोरियाका प्रिमियर एन्ड्रुजले बताए ।

अस्ट्रेलियाका अन्य राज्यहरूले पनि भिक्टोरिया र न्यु साउथ वेल्सको सिमाना बन्द गरिएको निर्णयप्रति समर्थन जनाएका छन् ।

दुईवटा राज्यहरू जोड्ने करिब ५० वटाभन्दा बढी मोटरबाटो, ट्रेन स्टेसन र विमानस्थलहरूमा कडा निगरानी गरिने एनएसडब्लुका पुलिस कमिश्नर मिड फुलरले बताए ।

सरकारी अधिकारीहरूबाट अनुमति प्राप्त गरेका व्यक्तिहरू, आपतकालीन सेवाका कर्मचारीहरू, मालवाहक गाडी चालकहरूलाई भने आवागमनमा बाधा नहुने अधिकारीहरूले बताए।

अधिकारीहरुका अनुसार नियम उल्लंघन गरी सीमामा आवातजावत गरेको भेटिएमा ११ हजार अस्टेलियन डलर जरिवाना र ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?