+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

दुर्गेसको ‘बीच्च बीच्चमा २’ विवादमा, शब्द चोरीको आरोप

विकास रोकामगर विकास रोकामगर
२०७७ असार २३ गते १२:०६

पोखरा । गत वर्ष ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ नामक तीज गीत ल्याएर चर्चामा आएका गायक दुर्गेश थापा पछि ‘ह्याप्पी तिहार’ बोलको गीतबाट झन् चर्चामा आए । गीतमा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै उनीमाथि उजुरी नै पर्‍यो ।

यस वर्ष पनि उनले तीजलाई लक्षित गरी नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नै युट्युब च्यानलबाट ‘लोक पपशैली’मा ‘एउटा फोटो खिच’ गीत उनले सार्वजनिक गरेका छन् । तर उनको पछिल्लो गीत पनि विवादमुक्त हुन सकेन ।

‘बिच्च बिच्चमा-२’ नामबाट बजारमा सार्वजनिक गरिएको गीतलाई चोरीको आरोप लागेको छ । लोक कवि अली मियाँको गीतको अन्तरा हुबहु चोरी गरेको आरोप अली मिया लोक वाङ्मय प्रतिष्ठानले लगाएको छ ।

गायक थापामाथि ‘आकासमै बादलु डम्मै छ’ अन्तरा हुबहु चोरी गरेको आरोप छ । उनले गीतको तेस्रो अन्तरामा उक्त शब्द प्रयोग गरेका छन् । ४० को दशकमा सार्वजनिक उक्त गीतमा गायिका हरिदेवी कोइराला र प्रेमराजा महतले स्वर दिएका छन् ।

‘हुन त लोक गीतको सिर्जना हुँदैन, संकलन हुन्छ भन्ने छ । तर भाका पो सिर्जना हुँदैन, शब्द त सर्जककै हुन्छ नि,’ अली मिया लोक वाङ्मय प्रतिष्ठानका सचिव पद्मराज ढकालले अनलाइनखबरसँग भने, ‘शब्द नै हुबहु चोरी गर्न त नपाइने हो ।’

ढकालले अली मियाँको उक्त गीत म्युजिक नेपालबाट पहिल्यै बजारमा आइसकेको जानकारी दिएका छन् । ‘पहिल्यै बजारमा आएको गीतबाट शब्द चोरी भएको छ। अब के गर्ने भन्नेबारे प्रतिष्ठानका अन्य सदस्यहरूसँग कुरा गर्दैछौं,’ उनले भने ।

गाउँ घरमा सुनेको थिएँ, अली मियाँको भन्ने थाहा थिएनः गायक थापा
गायक दुर्गेश थापाले आफूले सानोमा गाउँघरमा उक्त भाकाको गीत सुनेकाले आफूले पनि प्रयोग गरेको तर जानेरै प्रयोग नगरेको स्वीकारेका छन् । ‘अली मियाँको गीत मैले सुनेको पनि थिइनँ,’ उनले अनलाइनखबरसँग भने, ‘पहिले-पहिले गाउँघरमा गाउँथ्यौं । गीत आइसकेपछि मात्रै थाहा भयो ।’

‘पहिले पहिले बच्चामा हामीले गाइन्थ्यो । यो बच्चामा गाएको गीत हो । सानोमा गाएको भनेर प्रयोग गर्यौ । संयोगले उहाँसँग मिल्न गएछ । कालो बादल आकाशैमा डम्मै छ भनेको थिएँ । आकाशैमा भएकै कारण उहाँसँग मिल्न गयो ।

त्यत्रो गीत बनाएको छु । त्यतिका लागि मलाई चोर्नु पनि आवश्यक थिएन । मैले थाहा पाएर चोरेको पनि होइन । यो गीत ३ जना मिलेर बनाएका हौंं । अहिले कसले सुरुमा त्यो शब्द प्रयोग गर्‍यो त्यो नै थाहा भएन ।

‘बाल्यकालमै गाएको गीतको आधारमा ‘पानी धारा’को भन्ने गीत बनाएको थिएँ । त्यो गीत पनि गाउँघरमै गाउने गीत हो । खासमा मैले गाउँघरको गीत बाहिर आओस्, बजारमा चर्चा पाओस् भनेर गाएको हुँ ।

तर संयोगले मिल्न गयो । अली मियाँको उक्त गीतपछि हरिदेवी र प्रेमराजाले पनि गाउनु भएको छ नि ! मलाई मात्रै जहिल्यै यस्तै पर्छ । ‘अब बिच्चबिच्चमा ३’ को तयारीमा छु’, दुर्गेशले भने ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?