+
+

अर्घाखाँचीको फुदवाङ्ग–नरपानी सडकखण्ड दैनिक ८ घण्टा बन्द

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार २४ गते १०:४१

२४ असार, बुटवल । अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सडक स्तरोन्नतिको काम गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किलोमिटर सडकखण्ड बुधबार (आज) देखि दैनिक बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि ६ बजेसम्म बन्द हुने भएको हो ।

दिनमा दुईपटक चार–चार घण्टाका दरले ८ घण्टा उक्त सडक खण्डमा अत्यावश्यकबाहेक सवारी साधन आवत–जावत पूर्णरुपमा बन्द गरेर सडक निर्माणको काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मंगलबार बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती सडकलाई स्तरोन्नति गर्न अर्को सूचना नभएसम्मका लागि उक्त सडक खण्ड दैनिक ८ घण्टा बन्द गर्ने निर्णय गरेको प्रजिअ पौडेलले बताए ।

एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगाएतका अत्यावश्यक र संवेदनशिल सवारी साधनलाई भने चल्न दिने बैठकले निर्णय गरेको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?