+
+

सुनको भाउ अहिलेसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २५ गते १५:११

२५ असार, काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनमा प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको महासंघ महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
बिहीबार कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ र लकडाउनकै कारण सुनको कारोबार ठप्प रहेको महासचिव बज्राचार्यको भनाइ छ ।

दैनिक १५ लाखको सुन कारोबार गर्ने पसलले बिहेको लगनकै बेलामा पनि मुस्किलले दुई लाखको कारोबार गरेको उनले सुनाए ।

‘कारोबार ठप्प छ, बजारका ७० पसल खुलेका छैनन्, दुई चारदिन मात्रै रहेको बिहेको लगन पनि अब त सकियो,’ महासचिव बज्राचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?