+

चेल्सी शेफिल्डसँग ३-० ले पराजित

२०७७ असार  २८ गते ७:१४ २०७७ असार २८ गते ७:१४
चेल्सी शेफिल्डसँग ३-० ले पराजित

२८ असार, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको चेल्सी शेफिल्ड युनाइटेडसँग स्तब्ध बनेको छ ।

डेविड म्याकगोल्डरिकले घरेलु मैदानमा दुई गोल गरेपछि शेफिल्डले लण्डन क्लब चेल्सीमाथि ३-० को शानदार जित हात पारेको हो । म्याकगोल्डरिकले खेलको १८औं र ७७औं मिनेटमा गोल गरे ।

यस्तै ओलिभर म्याकबर्नीले ३३औं मिनेटमा गोल गरे । तेस्रो स्थानको चेल्सी पराजित भएपछि चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडलाई भने फाइदा पुगेको छ ।

हारपछि ३५ खेलबाट ६० अंक रहेको चेल्सी तेस्रो स्थानमा यथावत नै छ । तर लेस्टर र युनाइटेडले अबको खेल जितेमा भने चेल्सीलाई पछि पार्न सक्नेछ । ३४ खेल खेलेका लेस्टरको ५९ र युनाइटेडको ५८ अंक छ ।

चेल्सीलाई हराएको शेफिल्डले ३५ खेलबाट ५४ अंक जोडेको छ र छैटौं स्थानमा उक्लेको छ ।

चेल्सी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय