+

३३ कर्मचारीले खेल संघबाट दिए राजीनामा, एकै व्यक्ति ६ संघमा !

२०७७ असार  ३० गते १०:४१ २०७७ असार ३० गते १०:४१
३३ कर्मचारीले खेल संघबाट दिए राजीनामा, एकै व्यक्ति ६ संघमा !

३० असार, काठमाडौं । नयाँ खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले आफू रहेको खेल संघबाट राजीनामा दिने क्रम सुरु भएको छ ।

राजीनामा दिने क्रममा एकै व्यक्ति राखेप कर्मचारी र अन्य आधा दर्जन खेल संघमा समेत आबद्ध रहेको देखिएको छ ।

सोमबार बेलुकीसम्म राखेपका कर्मचारी रहेका ३३ जनाले ५६ खेल संघमा आबद्ध रहेको विभिन्न ५६ पदबाट राजीनामा दिएका छन् ।

असार १८ देखि कार्यान्वयनमा आएको ऐनले राखेपको कर्मचारी खेलकुद संघमा आबद्ध हुन नपाउने व्यवस्था गरेपछि कर्मचारीहरुले संघको जागिर छाड्न थालेका हुन् । सबैले राखेपकै जागिर रोजेका छन् ।

रष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते खेलकुद विधेयक प्रमाणीकरण गरेकै दिनदेखि राखेपका कर्मचारीहरुले संघबाट राजीनामा दिन थालेका थिए ।

जसमध्ये संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्र कुमार राई र प्रशासनिक अधिकृत ओमनाथ न्यौपानेले असार ११ गते नै राजीनामा बुझाएका थिए ।

राखेपको विवरणअनुसार एक व्यक्ति सात वटा खेल संघमा सदस्य रहेको पाइएको छ । संघ संस्था समन्वय शाखाका नायब सुब्बा राजेन्द्र बहादुर श्रेष्ठ विभिन्न ६ वटा संघको सदस्य रहेको पाइएको छ । उनी नेपाल रोल बल संघ, नेपाल सो क्योकशिन कराते संघ, पारा भारत्तोलन संघ, नेपाल आइकिडो संघ, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ, जापान गोजुरियो कराते डो केन्वाइ नेपाल संघ, नेपाल जीतकुण्ड मार्शल आर्ट संघको सदस्यमा थिए ।

यस्तै, राखेपका प्रशासकीय अधिकृत ओमनाथ न्यौपाने नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जीतकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ नेपाल, नेपाल जोरखाने खेलकुद संघ गरि ५ वटा संघको सदस्य रहेका थिए ।

संघ संस्था समन्वय शाखाका प्रमुख रहेका ज्ञानेन्द्र श्रेष्ठ र सोही शाखाका प्रशासकीय अधिकृत धन शाही पनि चार–चार वटा संघको सदस्य रहेका थिए ।

यस्तै खेलकुद विकास विभाग प्रमुख डेम बहादुर बस्नेतले २ संघबाट, कराते सहायक प्रशिक्षक हरि बहादुर राउतले २ संघबाट, प्रचार प्रसार शाखाका नासु दामोदर अर्यालले ३ संघबाट, काठमाडौं जिल्ला खेलकुद विकास समितिकका कराते प्रशिक्षक सन्तोष श्रेष्ठले २ संघबाट, तालिम तथा प्रशिक्षण विभागका कराते प्रशिक्षक विष्णुकान्त अर्यालले २ संघबाट, संघ संस्था समन्वय संस्थाका राधा श्रेष्ठले २ संघबाट र क्षेत्रीय खेलकुद विकास समिति मोरङका कराते सहायक प्रशिक्षकले २ संघबाट राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाएकाहरूको नामावली

खेल संघ राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय