+
+

धादिङमा पहिरोमा परेर एकैपरिवारका तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते ७:४३
सां‌केतिक फोटो

६ साउन, काठमाडौं । पहिरोमा पुरिएर धादिङमा एकैपरिवारको तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले अनलाइनखबरलाई बताएअनुसार मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको हो ।

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?