+
+

‘प्रसाद २’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १५:०३

चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । चलचित्रका निर्देशक भने फेरिएका छन् । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण गर्दैछन् । चलचित्रका लागि कुनै पनि कलाकार अनुवन्धित नभएको निर्माणपक्षले जानकारी दिएको छ ।

चलचित्र ‘प्रसाद’ दर्शकले र समिक्षकले रुचाएको चलचित्र हो । यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका थियो ।

निर्देशक दिनेश राउत अन्य केही प्रोजेक्टमा व्यस्त भएपछि सौरभले ‘प्रसाद २’को निर्देशनको जिम्मा सम्हाल्न लागेका हुन् । एक दम्पत्तीको सन्तान नहुँदाको पीडा र उत्पन्न परिस्थितीको कथालाई ‘प्रसाद’ले उठान गरेको थियो ।

निर्माता सुभाष थापाले लक डाउन खोलेपछि छायांकनमा जाने बताए । चलचित्रका लेखक सुशिल पौडेलले कथावस्तुको बारेमा भने–‘चलचित्रलाई ‘प्रसाद’को प्रिक्वेलको रुपमा निर्माण गरिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?