Comments Add Comment

अलास्कामा ७.८ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी

७ साउन, काठमाडौं । अमेरिकाको अलास्का प्रायद्वीपमा सात दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पसँग सुनामी आउन सक्ने चेतावनी दिइएको छ । अमेरिकाको जियोलोजिकल सर्वेका अनुसार स्थानीय समय अनुसार मंगलबार राति उक्त भूकम्प गएको हो । यो भूकम्पको केन्द्रबिन्दु अलास्काको पेरिभिल्लेबाट करिब ९६ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा रहेको छ ।

यससँगै अलास्काको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । साथै एल्युटियान टापुमा पनि सुनामीको चेतावनी दिइएको छ ।

स्रोत : एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment