+
+

गुल्मीमा मास्क नलगाउने १५७ जना कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १९:०१

१२ साउन, गुल्मी । गुल्मीमा मास्क नलगाई हिँड्ने १५७ जनालाई प्रहरीले सोमबार कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार तम्घास बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने १५७ जनालाई नियन्त्रणमा लिई प्रतिव्यक्ति एक सय रुपैयाँ जरीवाना तिराएर छाडिएको हो । जसबापत १५ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए । प्रहरीले मास्क नलागउनेलाई जरीवाना गराएपछि एक थान मास्क समेत उपलब्ध गराएको छ  ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?