+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

वाटरकलर पेन्टिङको भर्चुअल प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते २०:०३

१३ साउन, काठमाडौं । विभिन्न १४ देशका कलाकारको सहभागिता रहेको वाटरकलर पेन्टिङ एकैथलोमा प्रदर्शन भइरेको छ । अन्तर्राष्ट्रिय जलरंग समाज (आईडब्लूएस) को चौथो वार्षिकोत्सवका उपलक्ष्यमा १४ देशका कलाकारको कला अनलाइनमार्फत गत श्रावण ५ गतेदेखि एकै थलोमा प्रदर्शन भएको हो ।

‘स्प्लासेस’ शीर्षकमा हुने प्रदर्शनीमा नेपाललगायत १४ देशका ६५ जना कलाकारका एक–एकवटा कला राखिएका छन् । प्रदर्शनीबारे जलरंग समाजका अध्यक्ष एनबी गुरुङ भन्छन्, ‘हामीले हरेक वर्ष गर्दै आएको प्रदशर्नी यो पटक प्रत्यक्ष गर्न नसक्ने भएकाले अनलाइनमार्फत लकडाउनमा गरेका सिर्जना सबैलाई देखाउन पाइओस् भनेर यो प्रदर्शनीको आयोजना गरेका हौं ।’

अध्यक्ष गुरुङका अनुसार प्रदर्शनीको उद्देश्य कला बिक्री गर्नेभन्दा पनि कलाकारको सिर्जनालाई प्रदर्शन गर्ने मौका दिएर देश–विदेशका कलाप्रेमीसम्म पु¥याउने रहेको छ । अहिले नै बिक्री नभए पनि ग्राहकले पछि कलाकारलाई सम्पर्क गरी कला किन्न सकिने उनले बताए ।

अन्तर्राष्ट्रिय जलरंग समाज (आईडब्लूएस)को आधिकारीक युट्युब च्यानल र फेसबुकमार्फत कला प्रदर्शनी भइरहेको छ । प्रदर्शनीमा नेपाल, अमेरिका, भारत, बंगलादेश, चीन, फिलिपिन्स, इन्डोनेसिया, इरानलगायत मुलुकका कलाकारको प्रतिनिधित्व रहेको छ ।

बिहीबारसम्म चल्ने प्रदर्शनीमा राखिएका चित्रहरूमाथि कलाबारबीच अन्तर्क्रिया समेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?