+
+

पर्यटकलाई तत्काल अनअराइभल भिसा नदिइने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २२ गते २०:३१

२२ साउन, काठमाडौं । सरकारले व्यवसायिक हवाई उडान सुरु गरेपछि पनि नेपाल आउन चाहने गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिने भएको छ ।

बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलले अनअराइभल भिसा नदिने सहमति जुटेको हो । तर नेपाली तथा गैरआवासीय नेपाली र पर्यटकलाई कुन प्रोटोकलका आधारमा नेपाल आउन दिने भन्ने निर्णय नभइसकेको छलफलमा सहभागी एक सचिवले जानकारी दिए ।

‘आज अनअराइभल भिसा नदिने विषय टुंग्यायौं,’ उनले भने, ‘अरु विषयमा शुक्रबार थप छलफल हुनेछ ।’

उनका अनुसार शुक्रबार साँझसम्म गृह र स्वास्थ्य मन्त्रालयका सचिवले १ भदौबाट खुला गरेको हवाई उडान र यसको व्यवस्थापन गर्ने सम्बन्धमा परराष्ट्र र पर्यटन मन्त्रालयलाई मन्त्रालयको प्रस्ताव दिनेछन् ।

त्यसका आधारमा उडान सञ्चालनबारे निर्णय हुने भएको छ । शनिबारसम्म उडान र प्रोटोकलको विषय टुंग्याउने तयारी भएको एक अधिकारीले जानकारी दिए ।

उडान हुने आशमा टिकट काटिसकेका यात्रु, हवाई कम्पनी सञ्चालकको समस्या, मुलुकभित्र फैलिरहेको कोरोना भाइरसको संक्रमण, अर्थतन्त्रलाई चलायमन बनाउनुपर्ने चूनौतीलाई ध्यानमा राख्दै सेफटी प्रोटोकल बनाउने र निर्णय लिनेबारे बिहीबार सरोकारवाला चार मन्त्री र सचिवबीच छलफल भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?