
२३ साउन, जनकपुरधाम । प्रहरीको आचरणविरुद्ध काम गरेको भन्दै प्रदेश २ का एक जना प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परेका छन् ।
प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्बर ३ जनकपुरधाम दरबन्दी भई प्रहरी चौकी मोहनपुर सर्लाहीमा कार्यरत असई सुरेश सहनी निलम्बनमा परेका हुन् ।
सहनीको व्यक्तिगत व्यवहार तथा आचरण नेपाल प्रहरीको व्यवसायिक नीतिविरुद्ध भएको यथेष्ट प्रमाण फेला परेपछि उनलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।
आफूविरुद्धको सवुद प्रमाण नष्ट गर्न सक्ने सम्भावना देखिएकाले थप अनुसन्धधान गर्नका निम्ति उनलाई निलम्बन गरिएको सिंहको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4