Comments Add Comment

कर्णालीमा ६ महिने बालकसहित ९ जना कोरोना संक्रमित थपिए

२५ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ महिने बालकसहित ९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये जुम्लाका चारजना, सुर्खेत र कालीकोटका दुई/दुईजना र दैलेखका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

आइतबार देखिएका संक्रमितहरुमध्ये कालीकोटको पचालझरणा गाउँपालिका-४ का ६ महिने बालकदेखि वीरेन्द्रनगर ४ सुर्खेतकी ६१ व्ार्षीया जेष्ठ नागरिकसमेत रहेकी छन । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९७९ पुगेको छ ।

यस्तै, कर्णाली मा आइतबार थप १२ जना डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ९३ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment