+
+

अफवाह फैलाएको अभियोगमा पत्रकार बताउने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३० गते १२:२७

३० साउन, काठमाडौं । आफूलाई पत्रकार बताएर समाजमा अफवाह फैलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका सुनिल शर्मा छन् ।

उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो । शर्माले आफूलाई दैनिक भारतको पत्रकार बताउने गरेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतलाई जोडेर समाजमा अफवाह फैलाउने खाले स्टाटस उनले लेखेका थिए ।

ज्ञवालीका अनुसार शर्माविरुद्ध मुलुकी अपराध संहितामा भएको अफवाह फैलाएको सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?