
५ भदौ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वडा नम्बर १२ मा १० जना संक्रमित फेला परेका छन् ।
वडा नम्बर १४ र १८ मा ६÷६ जना, ११, १३ र १९ नम्बर वडामा २/२ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जनाए । वडा नम्बर ३ र ४ मा पनि १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।
तीमध्ये वडा नम्बर ३ का एक जना सम्पर्कविहीन रहेको उनले जानकारी दिए ।
शुक्रबार थपिएका ३० जना मध्ये वडा नम्बर ४, ३ र १४ का एक/एक जनामा स्थानीय संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा कार्यरत वडा नम्बर १४ कि एक महिलामा स्थानीय संक्रमण देखिएको हो । त्यस्तै वडा नम्बर ४ का एक व्यापारीमा पनि स्थानीय संक्रमण देखिएको छ । स्थानीय संक्रमणको आशंका गरिएको वडा नम्बर ३ का एक व्यक्ति भने सम्पर्कमा छैनन् ।
हालसम्म धनगढीमा मात्रै १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १८ जनामा स्थानीय संक्रमण देखिएको उपाध्यायले बताए ।
शुक्रबार नै कैलालीको गोदावरीमा ४ जना र अछाम बान्नीगढी जयगढ ५ का २ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४२६ जनाको कोरोना परीक्षण गर्दा कैलाली र अछाममा गरी ३६ जनामा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया 4