Comments Add Comment

काठमाडौंमा कौसीमै नाचियो गौरा (फोटो फिचर)

१० भदौ, काठमाडौं । सुदूरपश्चिमाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने गौरा पर्व कोरोना भाइरस संक्रमणका कारण खल्लो रह्यो ।

भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म मनाइने यो पर्वमा विगतका वर्षहरुमा काठमाडौंको टुँडिखेललगायतका क्षेत्रमा ठूलो जमघटका साथ मनाइन्थ्यो ।

यस वर्ष काठमाडौंमा रहेका केही सुदूरपश्चिमवासीले घरकै कौसीमा भेला भएर गौरा नाचेर यो पर्व मनाए । डडेल्धुराकी शारदा जोशीले यस वर्ष आफ्नै घरमा दिदीबहिनी र साथीहरु भेला गराइन् र कौसीमै नाचेर गौरा पर्व मनाइन् ।

‘कौसीमा मनाएको गौरामा खासै माहोल जुट्दो रैनछ’ उनी भन्छिन् । तर परम्परा जोगाउनको लागि कोरोना भाइरस महामारीको समयमा समेत आफ्नै घरमा गौरा नाचेको बताइन् ।

आफूले डडेलधुरा, कञ्चनपुर, बैतडी काठमाडौंदेखि अस्ट्रलियासम्म गौरा मनाएको स्मरण गर्दै उनले यसपालिको गौरा पहिलेको जस्तो उल्लासमय नभएको बताइन् ।

गौरा सुदूर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।

विभिन्न धार्मिक अनुष्ठान एवं पूजाआजाका साथ निर्माण गरिएको गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ ।
यस वर्षमा ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुन्छ भन्ने मान्यता रहेको जोशीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment