Comments Add Comment

४८ वर्षीय प्रविन ताम्बे सीपीएल खेल्ने पहिलो भारतीय क्रिकेटर

११ भदौ, काठमाडौं । ४८ वर्षीय स्पीनर प्रविन ताम्बे क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने पहिलो भारतीय क्रिकेटर बनेका छन् ।

ट्रिनिडाड एण्ड टोबागोमा भइरहेको सीपीएल अन्तर्गत ताम्बेले बुधबार सेन्ट लुसिया जुक्सविरुद्ध ट्रिनबागो नाइट राइडर्सका लागि खेलेका हुन् । उनले एक विकेटसमेत लिए ।

यसअघि भारतका पूर्व यू-१९ खेलाडी सन्नी सोहेलले पनि सीपीएल खेलेका थिए । तर उनले अमेरिकी राष्ट्रिय टिममा खेल्न सुरु गरेपछि सीपीएलमा बार्बेडोस ट्राइडेन्ट्सका लागि खेलेका हुन् ।

भेट्रान स्पीनर ताम्बेले अहिलेसम्म सिनियर लेभलको क्रिकेट खेलेका छैनन् । उनले ४१ वर्षको उमेर सन् २०१३ मा राजस्थान रोयल्सबाट आईपीएल खेलेका थिए । उनी आईपीएलमा डेब्यु गर्ने सबैभन्दा पाका खेलाडी बनेका थिए । सन् २०१३ मा उनले च्याम्पियन्स लिग टी-२० पनि खेलेका थिए । जसमा सर्वाधिक विकेट लिएपछि उनलाई मुम्बईको रणजी ट्रफीको टिममा बोलाइएको थियो ।

यस सिजनको सीपीएल ड्राफ्टका लागि ताम्बे र असद खान गरी दुई भारतीय खेलाडीको नाम दर्ता थियो । भारतीय डोमेस्टिक क्रिकेटबाट सन्यास नलिई भारतीय खेलाडीले विदेशी फ्रेन्चाइज लिगमा खेल्न नपाउने प्रावधान छ । तर ताम्बेले २०१८ मा आईसीसीको मान्यता नभएको टी-१० लिग खेलेका थिए ।

त्यसपछि उनी आईपीएल खेल्न डिसक्वालिफाइड बनेका थिए । यद्यपि ताम्बे आफैले २०२० को आईपीएलको अक्सनमा आफ्नो नाम दर्ता गराएका थिए । उनलाई ट्रिनबागो नाइट राइडर्सको प्यारेन्ट कम्पनी कोलकता नाइट राइडर्सले अनुबन्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment