Comments Add Comment

गुल्मीमा निषेधाज्ञा हटाइयो, जिल्ला प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

निषेधाज्ञा हटेपछि खुलेका पसल

१३ भदौ, गुल्मी । गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । यद्यपि जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ ।

कोरोन संक्रमणको जोखिम बढेपछि यही भदौ ७ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । भदौ १२ गतेदेखि १९ गते राति १२ बजेसम्म १ हप्ताका लागि भने लकडाउनको नयाँ मोडालिटी बनाइएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेकाले जिल्लामा बिभिन्न व्यवसायहरु समय तालिका बनाए खोलिने भएको छ ।

दुग्ध ब्यवसाय बिहान नौ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म सन्चालन गर्न पाइने छ । तरकारी र फलफूल पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।

अन्य पसल, उद्योग व्यवसायहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए । अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने २४ सौं घण्टा खुला रहनेछन् ।

जिल्ला प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । जुनसुकै ठाउँबाट जिल्ला प्रवेश गर्नेहरुले अनिवार्य पिसिआर रिपोर्ट देखाउनु पर्ने छ । जिल्ला बाहिरबाट पसल तथा व्यवसायीक सामाग्री ढुवानी गर्ने चालक र सहचालकले पनि पीसीआर रिपोर्ट देखाउनु पर्ने छ । यदि रिपोर्ट नभए १० दिन सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्नुपर्ने छ ।

जिल्लामा भित्रिने सीमा नाकाहरु, रुरुक्षेत्र रिडी, रेसुङ्गाको नेटा, मदानेको सौतामारे, मुसिकोटको वामी, कालिगण्डकीको पुर्तिघाट लगायतका स्थानहरुमा २४ सै घण्टा सुरक्षा निकाय परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

जिल्लामा लुकीछिपी आउने र क्वारेन्टिनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ । कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने प्रजिअ शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment