+
+

नेपालमा कोरोनाबाट स्वास्थ्यकर्मीको पहिलो मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १६:४२

१५ भदौ, जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका-४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?