Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा ८० वर्षीय वृद्धको मृत्यु

१५ भदौ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक वृद्धको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका –२४ का ८० वर्षीय वृद्धको वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो ३ : २० बजे मृत्यु भएको हो ।

३ दिनदेखि आईसीयूमा उपचार गराइरहेका वृद्धको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता वरिष्ठ चर्मरोग विशेषज्ञ डा. अतुलेश चौरसियाले जानकारी दिए ।

ज्वरो आएर भदौ १३ गते नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको कलेजोमा समेत समस्या देखिएको थियो । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि सोही दिन वीरगञ्‍ज हेल्थ केयर कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा त्यहीँ उनको मृतयु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा पर्साका मात्र ३७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment