+
+

नागार्जुन नगरपालिकाका मेयरलाई पनि कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते २०:३२

१८ भदौ, काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोही नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि संक्रमण पुष्टि भएको थियो । बुढाथोकीको निकट सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा नगर प्रमुख बस्नेतलाई पनि कोरोना संक्रमण देखिएको हो ।

नागार्जुन नगरपालिकाले स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा नगरप्रमुख बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

नगरप्रमुख बस्नेत वडाध्यक्ष बुढाथोकीसँगै मोटरसाइकलमा बसेर एक गार्मेन्टले यही भदौ १६ गते आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए । सोही दिन साँझ बुढाथोकीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको जानकारी पाएलगत्तै मेयर बस्नेत होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यसअघि जनस्वास्थ्य प्रयोगशाला टेकुले भदौ १४ गते  नेगेटिभको रिपोर्ट आएको जानकारी बुढाथोकीलाई गराएको थियो । तर पछि प्रयोगशालाले भूलबस नेगेटिभ रिपोर्टको एसएमएस गएको भन्दै क्षमा मागेको थियो ।

प्रयोगशाला प्रमुख डा. रुना झाले स्वाब परीक्षण नहुँदै प्राविधिक त्रुटीका कारण एक सय जनाभन्दा बढीलाई नेगेटिभ नतिजाको एसएमएस गएको स्वीकार गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?