+
+

काठमाडौंको रानीवनमा झडप, चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते ८:४४

१९ भदौ, काठमाडौं । काठमाडौंको रानीवनमा स्थानीय युवाका दुई समूहबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति ढुंगेधारा र रानीवनका युवा समूहबीच झडप भएको हो ।

झडपमा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले झडपमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?