+
+

धनुषामा दिउँसो २ बजेसम्म पसल खोल्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १७:४०

२१ भदौ, जनकपुरधाम । धनुषामा निषेधाज्ञा खुकुलो बनाई दिउँसो २ बजेसम्म पसल खोल्न दिइएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले बिहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न गरी एक साताका लागि निषेधाज्ञाको म्याद थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

जिल्लामा निषेधाज्ञा भने भदौ २८ गते राति १२ बजेसम्मका लागि थप गरिएको छ । यद्यपी यो अवधीमा दिउँसो २ बजेसम्म पसल खोल्न सकिने उनले बताए । व्यापार व्यवसाय गर्दा स्वास्थ्य सावधानीका उपाय भने अपनाउनुपर्छ ।

यसअघि भदौ १४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ २१ गतेसम्म मध्यान्ह १२ बजेसम्म मात्र पसल खोल्ने गरी निषेधाज्ञा लगाएको थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले साउन १९ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?