+
+

कर्णालीमा ६५ हजारको पीसीआर परीक्षण, २७०० संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २५ गते १४:३९

२५ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ६५ हजारजनाको पीसीआर परीक्षण गर्दा २७ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका पाँचवटा र अन्य प्रदेशका प्रयोगशालाबाट बुधबारसम्म ६५ हजार २७५ जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये २७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार संक्रमित २७१९ जनामध्ये २२ सय ७७ पुरुष र ४४० महिला रहेका छन । पीसीआर पोजेटिभ देखिएकामध्ये हालसम्म ६ जनाको मृत्यु भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये २३ सय ५४ जना संक्रमण मुक्त भएका छन् । महाशाखाका अनुसार प्रदेश भर हालसम्म ३५९ जना सक्रिय संक्रमित रहका छन् ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सबैभन्दा धेरै ३१ हजार २६४, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २४ हजार ५०८, दैलेख अस्पतालको प्रयोगशालामा ४ हजार २३५, रुकुम पश्चिमको चौरजहारी अस्पतालको प्रयोगशालामा ५ हजार २४८ जनाको परीक्षण गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृत करुणा भट्टराइले जानकारी दिइन ।

कुन जिल्लामा कति पीसीआर ?

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार सुर्खेतमा १७ हजार ९६७ जनाको पीसीआर परीक्षण गरिएकोमा ७९२ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

दैलेखमा ८ हजार ९६९ जनाको परीक्षण गर्दा एक हजार ५८, डोल्पामा १४०९ जनाको परीक्षण गर्दा पाँचजना, हुम्लामा २५३५ को परीक्षण गर्दा सातजना, मुगुमा २४७५ को परीक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै जाजरकोटमा ५७८२ जनाको पीसीआर परीक्षण गर्दा ५९ जना, जुम्लामा ९८२१ ज्नाको परीक्षण गर्दा १८३ जना, कालीकोटमा ४९१४ जनाको परीक्षण गर्दा ११२ जना, रुकुम पश्चिममा ५७८३ जनाको परीक्षण गर्दा ६९ जना, सल्यानमा ३२४९ जनाको परीक्षण गर्दा २७५ जनाको रिर्पोट पोजेटिभ आएको महाशाखाले जनाएको छ ।

२२७३ जनाको परीक्षण भने अन्य प्रदेशका प्रयोगशालामा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?