+
+

भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १३:२०

२८ भदौ, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना भएका छन् । उनका नजिकका साथीले दिएको जानकारी अनुसार श्वासप्रश्वासमा समस्या देखिएसँगै उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो । अस्पतालले पनि एक विज्ञप्ति जारी गर्दै शाह अस्पतालमा भर्ना भएको पुष्टि गरेको हो ।

गत महिना कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएसँगै उनी गुरुग्रामको एक निजी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि पिन थकान र शरीरमा दुखाइ भएको भन्दै उनी पुनः एम्स अस्पतालमा भर्ना भएका थिए । गत अगष्ट ३० मा उनलाई डिस्चार्ज गरिएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?