+

भार्डीको दुई गोलमा लेस्टरको जित, एभरटनले टोटनहमलाई हरायो

२०७७ भदौ  २९ गते ८:१२ २०७७ भदौ २९ गते ८:१२
भार्डीको दुई गोलमा लेस्टरको जित, एभरटनले टोटनहमलाई हरायो

२९ भदौ, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी र एभरटनले जित हात पारेका छन् ।

जेमी भार्डीले दुई गोल गरेपछि लेस्टरले वेस्टब्रोमलाई ३-० ले पराजित गरेको हो । एभरटनले टोटनहमलाई पराजित गर्दै लिगमा सुखद सुरुवात गरेको छ ।

वेष्टब्रोमको मैदानमा भएको खेलमा लेस्टर सबै गोल दोस्रो हाफमा गरेको थियो । टिमोथी कास्टाग्नेले ५६औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । भार्डीले ७४औं र ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि लेस्टरले सहजै जित हात पारेको हो ।

यस्तै डोमिनिक लेविनले दोस्रो हाफमा गरेको एकमात्र गोल मद्दतमा एभरटनले टोटनहमलाई १-० ले पराजित गरेको हो । लेविनले ५५औं मिनेटमा गोल गरेका थिए । जितपछि लेस्टर र एभरटनले समान ३ अंक जोडेका छन् ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय