Comments Add Comment

नारायणगढ–मुग्लिन खण्डमा दुई ट्रक ठोक्किँदा चार जना घाइते

२९ भदौ, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

विपरीत दिशामा रहेका ना ६ ख २४२३ र ना ४ ख ८०११ नम्बरका ट्रक इच्छाकामना गाउँपालिका वडा नं. ५ को खहरे पुल नजिक एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा दुवै ट्रकका चालकसहित ट्रकमा सवार ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ ।

ट्रक ठक्कर खाँदा सडकसमेत दुईतर्फी अवरुद्ध भएकाले खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment