+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

हिमालय डिस्टलरीकी पूर्वसञ्चालक र ब्रोकर कम्पनीलाई कारवाही

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १६:५८

७ असोज, काठमाडौं । नियम विपरित सेयर बेच्ने हिमालय डिस्टीलरी लिमिटेडकी पूर्व सञ्चालक रहिशा साह श्रेष्ठ र उक्त सेयर बिक्री गर्ने ब्रोकर कम्पनी श्री इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कारबाही गरेको छ । सेयर बेच्ने श्रेष्ठलाई ७५ हजार रुपैयाँ र सेयर बिक्री गरिदिने ब्रोकर कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ बोर्डले जरिवाना गरेको हो ।

सञ्चालक पदबाट हटेको एक वर्षसम्म उक्त कम्पनीकोसेयर बिक्री गर्न नपाइने व्यवस्था छ । तर उक्त व्यवस्थाको उलंघन गर्दै हिमालय डिस्टीलरीकी पूर्व सञ्चालक श्रेष्ठले एक वर्ष नपुग्दै सेयर बिक्री गरेको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए ।

सुचिकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशका, २०७४ को दफा १४ को उपदफा (६) को व्यवस्था विपरित एक वर्ष नपुग्दै विभिन्न मितिमा श्रेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्री गरेकी थिइन् ।

सेयर बिक्री गर्ने ब्रोकर कम्पनी श्री इन्भेष्टमेन्टले कारोबारको सम्पूर्ण विवरण नराखेको, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन, २०७६ अनुसार ग्राहक पहिान लगायत अन्य आवश्यक जानकारी अद्यावधिक नगरेको लगायतका गल्ती देखिएपछि कारबाही गरिएको प्रवक्ता गिरीले बताए ।

यस्तो गल्ती गरेमा सेयर बिक्री गर्नेलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ मा ५० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म र ब्रोकर कम्पनीलाई ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ । ऐनमा उल्लेख भए बमोजिम अधिकतम् जरिवाना गरिएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?