
९ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
उनलाई बिहीबार दिउँसो १०२ फरेनहाइट ज्वरो आएको थियो । सिटामोल खाँदा पनि कम नभएपछि शुक्रबार विहानै स्वाब दिएका थिए । महर्जनले अनलाइनखबरसँग भने, ‘केहीबेर अगाडि पोजेटिभ रिपोर्ट आयो । म होम आइसोलेसनमा बसेको छु ।’
अहिले पनि घाँटी, टाउको र शरीर दुखिरहेको उनले सुनाए ।
महर्जनका अनुसार उनकी पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
मेयर महर्जनले आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा रहन र परीक्षण गराउन पनि आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4